Saturday, July 23, 2011

गीत-भनी दिनु निस्ठुरीलाई-राजन राइ

भनी दिनु निस्ठुरीलाई निर्दयीको मायाँ छ रे
भूली गए निर्दयीलाई लाखौं सन्देश दिएकै छ रे


गोधुलीमा जुनेलीमा एक्लै म त टोलाई रहेछु
प्रित सगै आउछ भनी निस्ठुरीकै बाटो हेरी रहेछु
भनी दिनु बैगुनीलाई बेसहाराको साथ छ रे
भूली गए निर्दयीलाई लाखौ सन्देश दिएकै छ रे


मनकामना साची लाको माया सम्झि बाच्या छ रे
प्रित लिन आउछ भनि बुढा सुब्बा भाक्य छ रे
भनि दिनु बेहोशीलाइ कोमल मनको माया छ रे
भूली गए निर्दयीलाई लाखौं सन्देश दिएकै छ रे

No comments:

Post a Comment