Saturday, July 23, 2011

गजल-माडी अझै रुदैछ नी !-बुद्धि मोक्तान

चट्ट भुल्न कहाँ सक्छु ,माडी अझै रुदैछ नी !
बन्द भाको छैन आँशु ,आज पनि चुदैछ नी !

कस्तो क्रान्ती खपे मैले,छोडी गए बाबा आमा
शान्त बाग मेरो बस्ती उजाड् उजाड् हुदैछ नी

बल्दा माडी जल्दा गाडी कता परे दाजु भाइ
खबर् छैन तर पनि भेट्ने आशा ज्युँदैछ नी !

सम्झी माडी गल्दै नाडी खोजी गर्छु फुपु दिदी
हुन्न भेट कतै पनि ,आँशु बगी धुदैछ नी!

सोची हेर तिमी आफै क्रान्ती गर्ने राज नेता
हाम्रो बस्ती झनै आज अशान्तिले छुदैछ नी !

बुद्धि मोक्तान
दक्षिण कोरिया

No comments:

Post a Comment