कंचन पानीको प्रवाह
सन्तुलित सिचाइ
सुसाएकी तमोर
छेवैको असारे खेत
खारिएको मनहरुले
एक अंगालो बिझसगै
काँचो आलीमा
ठुटे हँसिया गाडेर
भट्मास सगै
एक सुन्दर रहरहरु!
छताछुल्ल आलीभरी
गराभरी भिताभरी
बेर्ना सर्ने आशाहरुमा
बगेका समाहाहरुलाई
जिम्मा लगाएको छु ।
ती रहरहरु !मानौ
एक थुँगा लाहुरे फूल!
अनी
मेरा साहित्यका
सुन्दर कबिता!
लाहुरे फूल
परिपक्क जवानीले
भमरालाई आकर्षित गर्दा
लाग्छ
ती पुङ्केशरहरु स्त्रीकेशरसग
समाहित भै
गर्भासयमा गर्वाधान होला
नयाँ बीझको उदय होला
तर मेरो कबिता
कस्को आचलमा समाहित हुन्छ
के लाहुरे फुल झै
मेरो कबिता
कसैले चुम्न सक्ला र ?
मेरा रहरहरुका रोपाइ
मेरा रहरहरुका भोगाइ
आफैमा अनौठो टोकाइ साबित छ,
खले गरामा हिलो बिउ र रोपार
अनी उस्का छुपु छुपु
आवजको सुनाइ
सबैलाई द्रिश्यमय हुँदा
रितिन्दै गरेको मेरा कलम मसी
पाना भरी छरिएका भावनाका बिस्कुन
कसैले रेखदेख गर्ला ?
होस्
गरे पनि नगरे पनि
रहरहरु रोपेको छु
मतला मा सानी मा उल्ला मा
समास मा
अनी
जिवनका बिग्रहमा!
रहरहरु
अभाबका घरहरुमा
अनी हो यस्ता यस्तै
बरण्डाहरुमा
कौशीहरुमा रोपेकोछु
बगरको बालुवामा
उकेरा लाउदैछु
भनौ,
गीता र कुरान सम्मको रहर मेरो होइन
अलिकति चुसुक्क
मान्छे सम्म पुगी
हाँसेर आओस
हसाएर आओस
नव रसका सजिवनी तुर्कीहरु
रोपिएका मेरा रहरहरुलाइ ....
"लास्सो "
धन्यबाद
सन्तुलित सिचाइ
सुसाएकी तमोर
छेवैको असारे खेत
खारिएको मनहरुले
एक अंगालो बिझसगै
काँचो आलीमा
ठुटे हँसिया गाडेर
भट्मास सगै
एक सुन्दर रहरहरु!
छताछुल्ल आलीभरी
गराभरी भिताभरी
बेर्ना सर्ने आशाहरुमा
बगेका समाहाहरुलाई
जिम्मा लगाएको छु ।
ती रहरहरु !मानौ
एक थुँगा लाहुरे फूल!
अनी
मेरा साहित्यका
सुन्दर कबिता!
लाहुरे फूल
परिपक्क जवानीले
भमरालाई आकर्षित गर्दा
लाग्छ
ती पुङ्केशरहरु स्त्रीकेशरसग
समाहित भै
गर्भासयमा गर्वाधान होला
नयाँ बीझको उदय होला
तर मेरो कबिता
कस्को आचलमा समाहित हुन्छ
के लाहुरे फुल झै
मेरो कबिता
कसैले चुम्न सक्ला र ?
मेरा रहरहरुका रोपाइ
मेरा रहरहरुका भोगाइ
आफैमा अनौठो टोकाइ साबित छ,
खले गरामा हिलो बिउ र रोपार
अनी उस्का छुपु छुपु
आवजको सुनाइ
सबैलाई द्रिश्यमय हुँदा
रितिन्दै गरेको मेरा कलम मसी
पाना भरी छरिएका भावनाका बिस्कुन
कसैले रेखदेख गर्ला ?
होस्
गरे पनि नगरे पनि
रहरहरु रोपेको छु
मतला मा सानी मा उल्ला मा
समास मा
अनी
जिवनका बिग्रहमा!
रहरहरु
अभाबका घरहरुमा
अनी हो यस्ता यस्तै
बरण्डाहरुमा
कौशीहरुमा रोपेकोछु
बगरको बालुवामा
उकेरा लाउदैछु
भनौ,
गीता र कुरान सम्मको रहर मेरो होइन
अलिकति चुसुक्क
मान्छे सम्म पुगी
हाँसेर आओस
हसाएर आओस
नव रसका सजिवनी तुर्कीहरु
रोपिएका मेरा रहरहरुलाइ ....
"लास्सो "
धन्यबाद
No comments:
Post a Comment