संसार देखाउने आँखाको ठूलो महत्त्व छ मानवजीवनमा । आँखा नहुँदो हो त कुनै पनि सुन्दर वस्तुको सौर्न्दर्य पान गर्नु असम्भवतुल्य नै हुन्थ्यो होला । आँखाबिनाको संसार नेत्रहीनहरूले हात्तीलाई छामेर डोरी, खम्बा, छाताको आँकलन गरेजस्तै भ्रमपर्ूण्ा हुन सक्छ ।
यस अर्थमा आँखा मानवशरीरका सुन्दर एवम् महत्त्वपर्ूण्ा अंगमध्येको एक हो । अनि यी सुन्दर आँखालाई स्वस्थ र नीरोगी बनाउनु निकै जरुरी छ । त्यसो त आँखालाई सुन्दर बनाउन निकै प्रयास गरिरहेका हुन्छन् मान्छेहरू । मान्छेको यही आकांक्षालाई ध्यानमा राखेर गाजल, मस्कराजस्ता आइमेकअपसम्बन्धी सरसामान पनि उत्पादन भइरहेका हुन्छन् ।
यी सामानले आँखालाई आकर्ष बनाउन मद्दत त गर्छन् नै, तर आँखालाई स्वस्थ बनाइराख्न भने ती सामानको सही प्रयोग र त्यसपछिको सरसफाइलाई ध्यान दिनुपर्ने हुन्छ।
बादामी, मत्स्य, हिरन्यजस्ता उपमाले वर्ण्र्ाागरिने आँखा आफैंमा संवेदनशील हुन्छ । त्यसैले यसमा जस्तो पायो त्यस्तै कस्मेटिकको प्रयोग गर्नु हुन्न । आँखा स्वस्थ नभए सुन्दर पनि हुन सक्दैन ।
त्यसैले सकेसम्म मस्करा, गाजललगायत सामग्री बजारमा मनलागी किन्नुभन्दा घरमै बनाएर प्रयोग गर्नुपर्छ । अथवा भरपर्दो कम्पनीको मात्र प्रयोग गर्ने बानी बसाल्नर्ुपर्छ । हामी पहाडी मूलका भएकाले आँखामा चिसो लाग्छ भन्ने सोचका कारण गाजल बनाउँदा घ्यु, ज्वानो, जाइफल राख्ने गछौर्ं तर त्यसले बढी नै गर्मी गराउँछ । त्यस्तो खालको गाजलले आँखालाई खासै फाइदा गर्दैन । आँखालाई शीतल राख्ने पदार्थ प्रयोग गर्नुपर्छ, जस्तै- त्रिफला, भृंगराज, ब्राह्मी, तुलसीजस्ता जडीबुटीको नियमित प्रयोग यसमा सहयोगी बन्न सक्छ । यसले आँखालाई चिलाउने र रातो हुनबाट जोगाउँछ भने शीतलता पनि प्रदान गर्छ ।
सौर्न्दर्यसाधनको प्रयोगपछि आँखा राम्ररी सफा गर्नुपर्छ । आँखावरिपरिको छाला अत्यन्त संवेदनशील हुने हुनाले रगड्नु वा माड्नु हुँदैन । यसो गर्दा छालामा चाउरीपन देखिन थाल्छ । हर्ेदा स्वस्थ नै देखिए पनि आँखामुनि आउने कालो घेरा र चाउरीपनाले सौर्न्दर्यमा ह्रास गरिरहेको हुन्छ । यसबाट बच्नका लागि चाउरी नियन्त्रक क्रिमहरू बजारमा प्रशस्तै पाइन्छन् । उमेर छँदै गरिएको यिनको नियमित प्रयोगले चाउरीपनालाई निकै समयसम्म नियन्त्रणमा राख्न सकिन्छ । कतिलाई कस्मेटिकको प्रयोग झन्झटिलो पनि लाग्न सक्छ । उनीहरूका लागि सजिलो उपायका रूपमा ँबोटोक्स इन्जेक्सन’ लाभकारी हुन्छ । यसको एकचोटिको प्रयोगपछि ४-६ महिनासम्म आँखाबारे ढुक्क हुन सकिन्छ । अलि महँगो हुने भए पनि यो धेरै प्रभावकारी हुन्छ । यदि गाजल प्रयोगपछि आँखा चिलाउने, रातो हुने र मस्करा लगाउँदा पोल्ने गर्छ भने यी सबै साधनको प्रयोग तत्काल बन्द गरेर डाक्टरसँग सर्म्पर्क राखिहाल्नर्ुपर्छ ।
आँखा सफा गर्ने भन्दैमा ँआइड्रप’ बाहेक सीधै अन्य हर्बलको प्रयोग गर्नु हुँदैन । रोज वाटर पनि हाल्नु हुँदैन । केही परिहाल्यो भने पनि नउमालेको वा नछानेको पानीले आँखा धुनु हुँदैन । हात नधोई सीधै आँखा चलाउनु स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ । त्यसैले आँखा छुनुअगाडि सदैव हात सफा राख्नर्ुपर्छ । संवेदनशील अंग भएका आधारमा साधारण समस्या देखिए नीच मारेर बस्नु हुँदैन, तुरुन्त डाक्टर कहाँ गएर आफ्नो आँखाबारे परामर्श लिइहाल्नर्ुपर्छ ।
No comments:
Post a Comment